११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

भारतको कोलकता बन्दरगाहमा नेपाली व्यवसायीका सय बढी कन्टेरन जले

२ असार, काठमाडौँ । भारतको कोलकता बन्दरगाहमा नेपाली व्यवसायीका सय बढी कन्टेरन जलेका छन । कोलकतामा बिहिबार पानी जहाजमा भएको आगलागीले नेपाल व्यवसायीहरुलाई समेत ठूलो क्षति पु¥याएको हो ।

नेपाली व्यवसायीका झण्डै एक सय ५ कन्टेर आगलागीमा जलेर नष्ट भएको बुझिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपती मुरारका लगायतका व्यवसायीको कन्टेनर जलेका हुन । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेले आगलागीमा नेपाली व्यवसायीको भएको क्षतीबारे बुझ्ने काम भइरहेको बताएका छन ।

कोलकता आउँदै गरेको जहाजमा एक्कासी आगो लागेको थियो भने हावा चलेका कारण कर्मचारीहरुले आगो असमर्थ भएका थिए । कन्टेनरमा मोबाइल, कपडा, जुत्ता, विद्युतीय सामग्री, प्लास्टिक बनाउने कच्चा पदार्थ लगायत थिए ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार १४:५६