३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

मुक्तिनाथ विकास बैंकले घोषणा गर्याे लाभांश, नगद र बोनस शेयर कति ?

२२ मंसिर, काठमाडौँ । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । आइतबार बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।


बैंकले ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.२६ प्रतिशत नगद लाभांश गरि कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ११:१९