२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

महिलाद्धारा महिला माथि नै हिंसा बढ्दै गाछ (कविता)

–तुलसी न्याैपाने

दिन प्रतिदिन महिलाका शत्रु महिलाहरु नै गाछन बन्दै
कोही कुटिन्छन जग्गाको नाममा कोही कुटिन्छन बोक्सी भन्दै
बास्तबमै भन्ने हो भने,
महिलाका पीडा महिलाले भन्दाबढी कस्ले बुझ्न सक्छ र यहाँ
तरपनि महिलाद्धारा महिला माथि नै हिंसा बढ्दै गाछ ।
सोच्दैछु यो समाजमा किन यस्तो भाछ ?

त्यो बेलामा हामी आफै मुकदर्शक बनि दिन्छौ ।
नत भन्छौ गर्न हुन्न,नत नगर यस्तो भनि दिन्छौ ।
समाज त एउटा रमिते भो, मात्रै रमिता हेरिदिन्छ ।
सर्पले काँचुली फेरे जस्तै रुप मात्रै फेरिदिन्छ ।

हरेक क्षेत्र हरेक ठाउँमा भित्रभित्रै सेटिङ हुने
के हुदै छ, के गर्दै छन हाम्लाई क्यारी थाहाँ हुन्छ र
गाठी कुरा गर्ने अनि गराउने लाई थाछ ।
सोच्दैछु यो समाजमा किन यस्तो भाछ ?

ठुलाबडा, अनुभवी, बुद्धिजिवीहरु बाटै
यस्तो गनुपर्छ अनि उस्तो गर्नुपर्छ भन्दै
सोझा सिधा जनताको यहाँ दिमाख मात्रै भुटि रहन्छन ।
कुटाइ खाने खाइ रहन्छ कुट्ने कुटि रहन्छन ।

पाखो बारी बेचेर जुटाएको गरीबको धन
हरेक बाहानामा लुट्छन यहाँ पाए सम्म लुटि रहन्छन
सोझा सिधा जनताको यहाँ दिमाख मात्रै भुटि रहन्छन ।

खै के खै के दिमाख ले नि कामै गर्न छोडिसक्यो
बिकास भन्दा पनि देशमा विनाश मात्रै हुदै गाछ ।
सोच्दैछु यो समाजमा किन यस्तो भाछ ?
सोच्दैछु यो समाजमा किन यस्तो भाछ ?

प्रकाशित मिति : २ असार २०७५, शनिबार १२:०८