१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

गुल्मीमा कांग्रेस परित्याग गर्नेको लाइन, नेकपामा स्वागत गर्दै पूर्वमन्त्री विष्ट

१८ मंसिर, गुल्मी । गुल्मीमा नेपाली कांग्रेसका नेता कार्यकर्तामा चर्को असन्तुष्टि देखिएको छ । कोरोनाको समयमा समेत नेपाली कांग्रेसका नेता कार्यकर्तामा पार्टी परित्याग गर्ने हतारो देखिएको छ । जिल्लाका विभिन्न गाउँपालिकामा पछिल्लो एक सातामा मात्र ५० बढी नेता कार्यकर्ताले स्वतन्त्र रूपमा पार्टी परित्याग गरेका छन ।

नेपाली कांग्रेस परित्याग गरेका र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संगठित हुन चाहेका नेता कार्यकर्तालाइ नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्टले स्वागत गरिरहनु भएको छ । उहाँ पछिल्लो एक सातादेखि गुल्मीमै बसिरहनुभएको छ । प्रतिकुल स्वास्थ्य अवस्थाका बाबजुत पनि पूर्वमन्त्री विष्ट गाउँगाउँमा पार्टीका कार्यक्रममा सहभागी भएर संगठन निर्माणमा योगदान गरिरहनुभएको छ ।

बिहीबारमात्र गुल्मीको मालिका र धुर्कोटमा गरी ३० भन्दा बढी कांग्रेसका स्थानीय नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन । धुर्कोट गॅाउपालिका(१ तरुणदलका सचिव राजेन्द्र नेपालीसहितका नेताहरू नेकपामा प्रवेश गरेका छन । पूर्वमन्त्री विष्टले युवाहरूको आशा र भरोसाको केन्द्र नेकपा बन्ने भन्दै उनीहरूलाइ पार्टीमा उचित जिम्मेवारी दिने बताउनुभएको छ ।

यस्तै जिल्लाकै मालिका गाउँपालिकामा पनि झण्डै तीन दर्जन नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन । मालिकाका शिव बस्नेत, इश्वरी कार्की, थम्मन कार्की, रूद्र विष्ट, प्रनित अर्याल, चेतबहादुर केसी, मोहनी केसी, जिवराज केसी, मीना केसी, लोकेन्द्र केसी, कमला वस्ती, हिमबहादुर केसी, इन्दिरा खत्री, दिलिप बिक, राज केसी, राधिका, केसी र झगर अर्याल लगायत स्थानीय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ०८:४८