३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा लोहनी

१७ मंसिर, काठमाडाैँ । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा टीकानिधी लोहनी (मधु) नियुक्त हुनुभएको छ । फाइनान्सको सञ्चालक समितिको यही मंसिर १५ गतेको बैठकले लोहनीलाई नियुक्त गरेको हो । उहाँ यसअघि फाइनान्सको डेपुटी चिफ एजुकेटिभ अफिसर (डिसिईओ) हुनुहुन्थ्यो ।

व्यवस्थापनमा अब्बल लोहनी यसअघि फाइनान्सको अध्यक्ष समेत हुनुहुन्थ्यो । वर्ल्ड मर्चेन्ट एण्ड बैंकिङको नाममा २०५७ सालमै कारोबार गरेको यस संस्था बीचमा समस्याग्रस्त घोषित भएको थियो । फाइनान्सले गत वर्षको कार्तिक २५ गतेदेखि नयाँ नाम र बाट नयाँ कार्यसमितिसहित समृद्धि फाइनान्सको नामबाट कारोबार सुरु गरेको छ । प्रधान कार्यालय हेटाैँडा रहेको फाइनान्सले पछिल्लो समय व्यापक सुधार गरेको छ । लोहनीको नेतृत्वमा फाइनान्सले सफलता प्राप्त गर्ने अपेक्ष गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार २०:१०