काेराेना संक्रमणबाट दाङमा थप १ जनाकाे मृत्यु
१७ मंसिर, काठमाडौँ । काेराेना संक्रमणबाट दाङमा थप एकजनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५६ वर्षीय पुरुषको बुधबार बिहान करिब ५ बजेतिर उपचारका क्रममा कोहोलपुरमा मृत्यु भएको हो । मंसिर ७ गते काेराेना पुष्टि भएपछि उनी भेरी अस्पतालको कोभिड-१९ आइसोलेसनमा भर्ना भएका थिए ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापीसमेत गरिएको उनको बुधबार बिहान मृत्यु भएको हो ।
प्रकाशित मिति : December 2, 2020 at 9:53 am



