१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिँदै

१६ मंसिर, काठमाडाैँ । चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् ।

प्रसाईं दृष्टिविहीन भए पनि आफ्नो अद्भुत क्षमताका कारण चर्चित छन् । उनी निकै मीठो गीत पनि गाउँछन् । रमेश प्रसाईंसँग विवाह गर्न लागेकी नन्दा पनि दृष्टिविहीन हुन् । उनी समाजसेवामा सक्रिय छिन् । सिंहले बालगृह समेत सञ्चालन गर्दै आएकी छन् ।

प्रकाशित मिति : December 1, 2020 at 5:17 pm