सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँकाे आग्रह
१६ मंसिर, काठमाडाैँ । सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले आग्रह गरेको छ। प्रशासनले आज विज्ञप्ति निकालेरकोरोनाभाइरसकाे महामारी अझै रहेको भन्दै भिडभाडजन्य गतिविधि नगर्न/नगराउन जानकारी गराएको हो।
‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ प्रशासनले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रशासनले प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि चेतावनी दिएको छ।पछिल्लो समय राष्ट्रिय झन्डा बोकेर काठमाडौँलगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।
प्रकाशित मिति : December 1, 2020 at 3:32 pm



