३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

नेपाल बंगलादेश बैंकले घोषणा गर्याे ८.४२ प्रतिशत लाभांश

१६ मंसिर, काठमाडौँ । नेपाल बंगलादेश बैंक लिमिटेडकाे लाभांश घाेषणा गरेको छ । बैंककाे मंसिर १५ गते बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १२:३४