१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

विराटनगरमा मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु

१६ मंसिर, मोरङ । मोटरसाइकलबाट लडेर विराटनगरकी एक वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ रामजानकी चोककी ६० वर्षीया मनाकामना झा मोटरसाइकलबाट खसेर घाइते भएकी थिइन् ।  मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी उनको न्युरो अस्पतालमा  उपचारका क्रममा साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

फाइल तस्वीर

विरामी उनलाई छोरा राजन झाले को १२ प ३५६ नम्बरको मोटरसाइकलमा राखेर उपचारका लागि न्युरो अस्पताल लाँदै गर्दा उनी लडेकी थिइन् ।

प्रकाशित मिति : December 1, 2020 at 11:34 am