भक्तपुरमा स्कुटर दुर्घटनाः एक जनाको मृत्यु
१६ मंसिर, काठमाडाैँ । भक्तपुरको एसओएस चोकमा स्कुटर पल्टिँदा १ जनाकाे मृत्यु भएकाे छ। गएराति १०ः१५ बजे थिमि नगरपालिका वडा नम्बर ४ मा पर्ने एसओएस चोकमा बा ७३ प ३८२ नम्बरको स्कुटर पल्टिँदा भक्तपुरमै बस्ने २९ वर्षका राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : December 1, 2020 at 8:48 am



