पत्रकारको क्यामरा फुटाउने वडा अध्यक्षले यसरी दुरूपयोग गराउछन सरकारी मोटरसाइकल
-प्रशान्तजंग पाण्डे
१६ मंसिर, नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिकामा वडा अध्यक्षहरूको मनलाग्दी चलेको छ । सरकारी स्रोत र साधनको दुरूपयोगमा जिल्लाका अन्य पालिका भित्रका वडा अध्यक्ष भन्दा तारेकेश्वर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अग्रस्थानमा देखिएका छन । हुनत वडा नम्बर १ का अध्यक्ष दयानिधी अधिकारी यसअघि गाउँसभामा पत्रकारको क्यामरामा लात हानेर पनि चर्चामा आएका व्यक्ति हुन ।
अहिले तारकेश्वर आसपासमा उनले सुविधामा पाएको सरकारी मोटरसाइकल आफन्तहरूको सिक्न प्रयोग गरिरहेका छन । वडा अध्यक्ष अधिकारीले विना हेलमेट सरकारी नम्बर प्लेटको (प्रदेश ३ ०२ ००१ ब २४६) मोटरसाइकल साना साना बालकहरूले चलाइरहेका हुन्छन । केही दिनअघि सुरू भएको कक्षा १२ को परीक्षा दिन जाने बेलामा अधिकारीका छोरी पटीका नातीले पनि उक्त मोटरसाइकल विना हेलमेट हुइँक्याउने गरेका थिए ।

अधिकारीका छोरी तर्फका नाती विवश नेपालले विना हेलमेट सडकमा सरकारी मोटरसाइल हुइँक्याउने गरेका छन । उनी गाउँपालिका अध्यक्षलाइ समेत नटेर्ने वडा अध्यक्षको रूपमा चित्रित छन । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका अधिकारीले जनसरोकारको विषयलाइ समेत राजनीतिक रूपमा हेर्ने गरेको गुनासो छ । दैनिकीले अधिकारी र गाउँपालिका अध्यक्ष रमेश वस्तीसँग प्रतिक्रिया लिने प्रयास गरेको भए पनि उहाँहरूको मोबाइलमा सम्पर्क हुन सकेन ।
यो पनि पढ्नुहोस्
–नुवाकोटको तारकेश्वर गाउँपालिकाको सभामा कांग्रेस नेताले पत्रकार कुटे, क्यामरा फुटाइदिए
प्रकाशित मिति : December 1, 2020 at 8:28 am



