१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

विज्ञापन बोर्डले पूर्णता पायो, चार वर्षका लागि शेरचन, कडेँल, थापा र दनुवार सदस्यमा नियुक्त

१५ मंसिर, काठमाडाैँ । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशङ्कर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहने छ ।

मन्त्रालयमा आज आयोजित कार्यmत्रममा सञ्चारमन्त्री पार्वत गुरुङले सबै सदस्यलाई नियुक्तिपत्र प्रदान गर्दै सफलतापूर्वक काम गर्न शुभकामना दिनुभयो । बोर्डमा अध्यक्ष खुलाबाट ल्याइने तथा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चारमन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था छ ।

सदस्यमा नियुक्त कँडेल मिडिया सोसाइटीका अध्यक्ष तथा एबिसी मिडिया ग्रुपका अध्यक्ष हुनुहुन्छ भने संबिधानसभा सदस्यसमेत रहनुभएका शेरचन राजधानी दैनिकका अध्यक्ष तथा मिडिया सोसाइटीका संस्थापक अध्यक्ष हुनुहुन्छ । यस्तै न्यौपाने ब्रोडकास्टिङ एशोसिएसनका अफ नेपालका (बान) का अध्यक्ष तथा सप्तकोशी एफएमका प्रमुख हुनुहुन्छ भने थापा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । यस्तै दनुवार सामुदायिक रेडियो प्रशारक संघ (एकोर्याव) की सचिव हुनुहुन्छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गुरुङले आज मन्त्रालयमा एक कार्यक्रमबीच नवनियुक्त बोर्ड सदस्यहरुलाई पत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । बोर्ड अध्यक्षमा संचार मन्त्रालयका सहसचिव डिल्लीराम शर्मालाई सरकारले यसअघि नै तोकिसकेको छ । यसैबीच संचारमन्त्री गुरुङ र संचार सचिव हरि बस्यालको उपस्थितिमा बोर्डका नवनियुक्त पदाधिकारीहरुको पहिलो बैठक आजै बसेको छ ।

बैठकले मंसिर २२ गते अर्काे बैठक बसी विज्ञापन ऐन २०७६ ले दिएको कार्यादेश अनुरुप आवश्यक अध्ययन तथा अन्य कारवाही अघि बढाउने निणर्य गरेको छ । विज्ञापन ऐन २०७६ ले विज्ञापन बोर्डमार्फत स्वदेश तथा विदेशबाट नेपालमा प्रकाशन र प्रशारण हुने विज्ञापनको लागि आवश्यक नीति–नियम निमार्ण गर्ने र नियमन गर्ने दायित्व दिएको छ । यस्तै समानुपातिक बिज्ञापन लागू गर्ने कार्यादेशसमेत रहेको छ ।

प्रकाशित मिति : November 30, 2020 at 6:20 pm