१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु

१४ मंसिर, डोटी।  जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि बेहोस भएर उहाँ ढल्नुभएको थियो ।

फाइल तस्वीर

बेहोस हुनुभएकी निज शिक्षिकालाई उपचारका लागि जोरायल गाउँपालिकाको रावतकट्टेमा रहेको जोरायल फार्मेसीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ । मृतक शाहु २०७६ वैशाखदेखि बालविकास सहजकर्ताका रुपमा सो विद्यालयमा कार्यरत रहनुभएको शिक्षक मीनबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँका एक श्रीमान् र दुई छोरी छन् ।

प्रकाशित मिति : November 29, 2020 at 1:25 pm