१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

नक्कली नोट सहित १ जना पक्राउ

१४ मंसिर,कञ्चनपुर । भिमदत्त नगरपालिका-१८ बस्ने २४ वर्षीय दिपक नाथलाई १ हजार दरको ३ वटा नक्कली जस्तो देखिने नोट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर ।

दिपकले भिमदत्त नगरपालिका-४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : November 29, 2020 at 1:17 pm