विराटनगरमा उपचाररत थप १ काेराेना संक्रमितको मृत्यु
१४ मंसिर, मोरङ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको उर्लाबारी उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको शनिबार राति ११ बजे मृत्यु भएको हो । ती पुरूषमा पेट दुख्ने, वान्ता हुने, छाती दुख्ने लगायतका समस्या देखिएपछि मंसिर ४ मा अस्पताल भर्ना गरिएको थियो ।

५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि छुट्टै राखेर उपचार भइरहेकोमा शनिबार राति मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।
प्रकाशित मिति : November 29, 2020 at 11:10 am



