१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

उपचार सेवाको प्रभावकारिता बुझ्न एपीएफ अस्पतालको नीरिक्षणमा महानिरीक्षक खनाल

१३ मंसिर, काठमाडाैँ । नेपाल एपीएफ अस्पतालको उपचार सेवाको प्रभावकारिता बुझ्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल कोरोना संक्रमितको उपचार कक्षामै पुग्नु भएको छ । स्वास्थ्य मन्त्रालयमा कार्यरत भाइरोलोजिस्ट डा सुरेश तिवारीलाइ लिएर महानिरीक्षक खनालले सेवाको प्रभावकारिताको बारेमा स्थालगत रूपमै अवलकोकन गर्नुभएको हो ।

धेरै अस्पतालमा कोरोना संक्रमित भर्नामात्र भएको तर स्वास्थ्यकर्मीले नहेरेको भन्दै गुनासो समेत आइरहेको समयमा एपिएफ अस्पतालमा त्यस्तो गुनासो आउन नदिन उपचार सेवाको बारेमा जानकारी लिनुभएको सशस्त्र प्रहरीले जनाएको छ । शुक्रबार महानिरीक्षक खनालसहितको टोलीले स्वास्थ्य मापदण्ड पुरा गर्दै आइसियु , एचसियु , भेन्टिलेटर तथा जनरल वार्डमा पुगेर त्यहाँ भइरहेको उपचार बारे जानकारी लिएको हो ।

 

प्रकाशित मिति : November 28, 2020 at 10:01 am