चिनियाँ रक्षामन्त्री वेई फेङही भोलि काठमाडाैँ आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता तय
१३ मंसिर, काठमाडाैँ । चिनियाँ रक्षामन्त्री वेई फेङही भोलि काठमाडाैँ आउनेहुनुभएको छ । नेपाल सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने औपचारिक पुष्टि गरेको छ । फेङहीले भ्रमणको क्रमममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्ने तय भएको छ । परराष्ट्र मन्त्रलयका अनुसार फेङही आइतबार नै फर्कनुहुनेछ । भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्रीले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : November 28, 2020 at 9:38 am



