१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

प्रेस संगठनका नेता गाैतमलाई पितृशोक

१३ मंसिर, काठमाडाैँ । प्रेस संगठनका नेता एवं राष्ट्रिय समाचार समितिका तस्वीर सम्पादक कृष्णराज गौतमलाई पितृशोक परेको छ । उहाँका पिता ईश्वरचन्द्र गौतमको शुक्रबार राति ८ बजे हृदयाघातबाट निधन भएको हो । उहाँ मिर्गौला र मधुमेह रोगबाट पनि पीडित हुनुहुन्थ्यो ।

राति ७ बजे खाना खाएर बस्नुभएका गौतमलाई असजिलो महसुस भएपछि आफ्नो निवास कुमारी क्लब, बल्खुबाट स्थानीय वीर अस्पतालमा उपचारका लागि लगिए पनि स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । पुख्र्यौली घर अर्घाखाँची हुनुभएका गौतमले हिमाल सिमेन्ट उद्योगमा केमिष्ट पदमा रही सेवा पु¥याउनुभएको थियो ।

उहाँले अर्घाखाँची, पाल्पा, बागलुङलगायत जिल्लामा अध्यापन पनि गर्नुभएको थियो । स्वर्गीय गौतमको शुक्रबार नै राति पशुपतिमा अन्त्येष्टि गरिएको छ । उहाँका पत्नी, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : November 28, 2020 at 9:13 am