२ दिने भ्रमणमा भारतीय विदेश सचिव आज नेपाल आउँदै
११ मंसिर, काठमाडाैँ । भारतीय विदेश सचिव हर्षवर्दन शृङ्गल दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनी बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्। परराष्ट्र अधिकारीका अनुसार श्रृंगालाले बिहीबार सचिव पौड्यालसँग औपचारिक वार्ता गर्ने तय भएको छ । त्यसलगत्तै श्रृंगलाले राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।
भेटमा दुई देशबीचको सम्बन्ध र भविष्यमा दुई देशबीच हुने उच्चस्तरीय भ्रमणका बारेमा कुराकानी हुने बताइएको छ । यसैबीच, शुक्रबार भने श्रृंगलाले कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारहरू माझ भारतको छिमेक नीति, नेपाल-भारत सम्बन्धलगायतका विषयमा सम्बोधन गर्नेछन् ।

विदेश मामिलासम्बन्धी थिंकट्यांक एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा विदेशसचिव शृंगलाले होटेल सोल्टीमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यस कार्यक्रममा थिंक ट्यांकका व्यक्तित्व, राजनितिज्ञ, सरकारी एजेन्सीका कर्मचारी, कूटनीतिज्ञ, शैक्षिकका व्यक्तित्व, व्यापारी सहभागी हुनेछन्।
प्रकाशित मिति : November 26, 2020 at 8:34 am



