१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

नेशनल माइक्रोफाइनान्सको १ लाख ४ हजार संस्थापक शेयर बिक्रीमा

१० मंसिर, काठमाडौँ  । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे १ लाख ४ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडकाे शेयर न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा तोकिएको छ ।

उक्त संस्थापक शेयरहरु खरिद गर्न इच्छुक संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले मंसिर १७ गते, बुधबारदेखि पाैष १ गतेसम्म आवेदन दिनु सक्नु हने छ । उक्त शेयर खरिद गर्दा न्युनतम १ हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयरको बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेड गर्नेछ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार १३:१४