१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

ज्योति विकास बैंकको पर्सा शाखा टाँडी शाखामा गाभिने

१५ फागुन, काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले चितवन जिल्लामा रहेको आफ्नो पर्सा शाखा कार्यालय गाभिने जनाएको छ। बैंकले एक सूचना जारी गर्दै भौगोलिक दृष्टिले नजिक रहेका शाखा कार्यालयहरूलाई एक आपसमा गाभ्ने निर्णयअनुसार चितवनको पर्सा शाखा आगामी २०८२ फागुन १७ गतेदेखि टाँडी शाखामा गाभिने जनाएको हो ।

गाभिएपछि पर्सा शाखामा हुँदै आएको सम्पूर्ण बैंकिङ कारोबार टाँडी शाखामार्फत सञ्चालन गरिने बैंकले जनाएको छ। बैंकले सम्बन्धित शाखाका ग्राहक तथा सरोकारवालालाई सोहीअनुसार आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ। साथै, यस निर्णयबाट ग्राहक महानुभावहरूमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना समेत गरेको छ।

प्रकाशित मिति : February 27, 2026 at 12:03 pm