५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कतार पुलिसमा नेपालीको भर्नाका सम्बन्धमा नेपालमा रहेको दूतावसको संलग्नता छैन

१० मंसिर, काठमाडाैँ । नेपालस्थित कतारको राजदूतावासले नेपाली नागरिकको कतार पुलिसमा भर्नाको विषयमा कुनै संलग्नता नरहेको जनाएको छ । दूतावासले प्रेस नोट मार्फत पुलित भर्नाको विषयमा कुनै पनि संलग्नता नरहेको स्पष्टिकरण दिएको हो ।

यस्तो छ कतारी दूतावसको विज्ञप्ति

कतार पुलिसमा नेपाली नागरीकलाई लैजान कतारी नागरीक अन्तर्वार्ता लिन आएको विषयमा कतार राजदुतावासको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौ । नेपालवाट कतार मा आवश्यक पुलिसमा भर्ति गराउंन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ताकस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि सांच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलिलाइ राज्यको जिम्मेवार निकाय राजदुतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो, कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता छैन ।
कतार राजदुतावास
भैसेपाटी

प्रकाशित मिति : November 25, 2020 at 8:20 am