१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

बर्दिबास घटनाः प्रहरीको गोली लागि घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु

१० मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बर्दिबासकी ६ बर्षीया बालिका गुलाब साह खातुनको हत्याको विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले मंगलबार गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो ।

गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौँको ग्रान्डी अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनको मंगलबार राति १ बजे  अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ । उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ । न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको अवस्था सृजना भएको छ ।

प्रकाशित मिति : November 25, 2020 at 7:49 am