१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

समृद्धि फाइनान्सको १८ लाख ५१ हजार ३५७ कित्ता हकप्रद सेयर आजदेखि लिलामीमा

१० मंसिर, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले साढे १८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आजदेखि लिलामीमा राख्ने भएको छ। कम्पनीले कुल १८ लाख ५१ हजार ३५७ कित्ता सेयर लिलामीमा राखेको जनाएको छ । लिलामीमा राखिएको सेयरमा संस्थापक समूहको १३ लाख ८५ हजार २३८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता रहेका छन् ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडलाइ तोकिएको छ । लिलामी राखिएको सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संघसंस्थाले बीओके क्यापिटल मार्केट लिमिटेडमा बोलपत्र पेश गर्न सक्नेछन । बोलपत्र मंसिर १७ गते बैंकिङ समयसम्म पेस गर्न सकिने कम्पनीले जनाएको छ ।

लिलाीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सेयरधनीहरुका लागि जारी गरेको हकप्रदमा आवेदन नपरेको सेयर लिलामीमा राखिएको हो ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार ०७:४२