स्वासप्रस्वासमा समस्या भएपछि कृषिमन्त्रीलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
९ मंसिर, काठमाडाैँ । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।
कोरोना सङ्क्रमणका करण बिरामी पर्नुभएका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहनुभएको थियो । सोमबारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महसुस भएपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : November 24, 2020 at 8:48 pm



