१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

आफ्नै प्रतिवेदन खण्डनगर्दै प्रचण्ड, छापेरै बाँडे ओलीविरूद्धको आरोप पत्र

९ मंसिर, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सचिवालय बैठकमा बाँडेको १९ पृष्ठ लामो ओलीविरूद्धको आरोपपत्र छापेर तल्लोस्तरसम्म बितरण गरेपछि आफैँले खण्डन गर्न थालेका छन । बैठकमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन भनेर छापेर बितरण गरिएको भए पनि प्रचण्डले त्यसमा उल्लेख भएका भाषा र आरोपमा आफैँ खण्डन गर्न थालेका छन ।

प्रचण्डले मंसिर २८ गते बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध तथानाम गाली गलौज गरेको फर्जीपत्रलाई आफ्नो दस्तावेजको रुपमा बाँडेका थिए । प्रचण्डले न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको भन्दै खण्डन गरेका छन ।

प्रचण्डले सचिवालयको नाममा आफ्नै विषयको खण्डन गरेका हुन । उनले सचिवालय मार्फत भनेका छन ‘यही कार्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।’

प्रचण्डले ओलीविरूद्धको आरोप पत्र छापेरै बाँडेपछि अब नेकपाको एकता भंग हुने खतरा थप बढेको नेताहरूले बताएका छन । प्रचण्डले केन्द्रीय कार्यालयको जानकारी बिनै ओलीविरूद्धको आरोप पत्र छपाइ गरी तल्लोस्तरमा कार्यकर्ताको बीचमा पठाएका हुन । यसले प्रचण्ड पार्टी एकता थप बलियो बनाउने भन्दा पनि पुरानै बाटोमा हिड्ने निष्कर्षमा पुगेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार २०:३३