सपना रोका बनिन् बीबीसीको १०० प्रभावशाली महिला
९ मंसिर, काठमाडौँ । नेपालकी सपना रोका मगर विश्वकै प्रभावशाली १ सय महिलाको सूचीमा परेकी छिन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी हुन् । उनि पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आएकी छिन् ।

बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।
प्रकाशित मिति : November 24, 2020 at 1:34 pm



