११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

ट्रम्पले बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने

९ मंसिर,काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनलाई सत्ता हस्तारण प्रकिया सुरू गर्ने तयारी गरेको छ । अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने ट्रम्पले बताएका छन्।

ट्रम्पले जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जीएसए) लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेको बताएका छन् । जीएसएले पनि बाइडेनलाई स्पष्ट विजेताका रूपमा आफूले स्वीकार गरेको जनाएका छन् । जीएसएले बाइडेन समूहलाई प्रक्रिया सुरु गर्ने भनेर जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका हुन् ।

कार्यभार हस्तान्त्ररणका लागि औपचारिक रुपमा सुरु गर्ने ट्रम्पले स्वीकार गरेकाे बीबीसीले जनाएको छ । तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ । ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाब नआएको प्रतिक्रिया समेत दिएका छन् ।

बाइडेनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरूसँगको बैठकपछि सत्ता हस्तान्तरण सुरु हुने बताएका छन् ।

प्रकाशित मिति : November 24, 2020 at 9:12 am