१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

प्रधानमन्त्री ओली ताप्लेजुङकाे घुन्सामा

८ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा ६ स्थित घुन्सामा पुग्नुभएको छ ।प्रधानमन्त्री ११ बजरे २२ मिनेट जाँदा काठमाडौँबाट सिधै हेलिकोप्टरमा घुन्सामा पुग्नुभएको हो । उहाँले घुन्साको पर्यटकीय बस्तीको अवलोकन गर्नुहुनेछ ।

साथै चीनको तिब्बत र नेपालबीच सीमाक्षेत्र निरीक्षणसहितका कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रधानमन्त्रीले ताप्लेजुङ जिल्लाको उत्तरतर्फको नेपाल र तिब्बतको सीमाक्षेत्र निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका वडा नं. ६ लेलेपको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटन गर्नुहुनेछ ।

त्यसपछि प्रधानमन्त्री ओलीले दुई देशको सिमाना टिपताला भञ्ज्याङ क्षेत्रको हेलिकप्टर मार्फत निरीक्षण गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसमक्ष घुन्सावासीले पर्यटन विकासमा टेवा पुर्याउने योजनालगायतका माग राखेर घुन्सा, फले र ग्याब्लावासीका तर्फबाट संयुक्त रूपमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ।

प्रकाशित मिति : November 23, 2020 at 12:26 pm