१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

सनराइज बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

८ मंसिर, काठमाडौँ । सनराइज बैंक लिमिटेडले लाभांश घाेषणा गरेको छ । बैंकले आफ्ना शेयरधनीलाई ८.२८ प्रतिशत लाभांश घोषणा गरेको हो ।


बैंककाे मंसिर ७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैकबाट स्वीकृति प्राप्त भई आगामी साधारण सभाबाट पारित भएपछि शेयर धनीले पाउनेछन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार ११:४८