१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारीकाे सरूवा

७ मंसिर, काठमाडौँ । काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । काठमाडौँमा काली पराजुली आएका छन् । यस्तै भक्तपुरमा प्रेम भट्टराईकाे सरूवा भएकाे छ । हाल काठमाडौँमा रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ ।

काठमाडौँका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए । धनुषामा बन्धु बाँस्तोलालाई पठाइएको छ ।

प्रकाशित मिति : November 22, 2020 at 7:51 pm