१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

अब विदेशबाट नेपाल आउनेले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

७ मंसिर, काठमाडाैँ । अब विदेशबाट नेपाल आउने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको जानकारी दिए।

फाक्षल फाेटाे

प्रा डा. गौतमले क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गरिने समेत जानकारी दिए । सरकारले यसअघि पनि विदेशबाट नेपाल आउने व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरेकोमा पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन। तर अहिले संक्रमणको जोखिम फेरि बढ्दै गएकाले सरकारले विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने नीतिलाई कडाइ गर्न लागेको जनाएकाे छ ।

प्रकाशित मिति : November 22, 2020 at 5:19 pm