१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

थप १६६९ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

७ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् । संक्रमितमध्ये काठमाडौँ उपत्यकाका ९५७ जना रहेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३२१ पुगेको छ ।

प्रकाशित मिति : November 22, 2020 at 4:36 pm