१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

काेराेना संक्रमणबाट तनहुँमा १ जनाकाे मृत्यु

७ मंसिर, काठमाडौँ । तनहुँकी १ जना कोरोना संक्रमित महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

फाइल फाेटाे

श्वासप्रश्वासमा समस्या आएपछि उनी कात्तिक २९ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि आइतबार बिहान ११ः१६ बजे उनको मृत्यु भएको हाे । उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित थिइन् ।

प्रकाशित मिति : November 22, 2020 at 2:06 pm