रौतहटमा मोटरसाइकल दुर्घटना, प्रहरी हवल्दार प्रविण सिंहको मृत्यु
७ मंसिर, रौतहट । बौधिमाई नगरपालिका-९ स्थित सडकमा ना.६ प ७४२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक परोहा नगरपालिका-६ बसन्पट्टी बस्ने महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी हवल्दार ३५ वर्षीय प्रविण सिंहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंहको नेशनल मेडिकल कलेज बीरगञ्जमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : November 22, 2020 at 12:34 pm



