कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हिमपातको सम्भावना
७ मंसिर, काठमाडाैँ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा नै हुने महाशाखाले जनाएको छ । अहिले बिहान साढे ६ बजे काठमाण्डौको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ ।
प्रकाशित मिति : November 22, 2020 at 8:52 am



