१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण, ५३६४ जना निकाे भएर घर फर्किए

मंसिर, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ५३६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९१ हजार २ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।

प्रकाशित मिति : November 20, 2020 at 4:20 pm