१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

वडाध्यक्ष कृष्णबहादुर रोकाया मृतावस्थामा फेला

५ मंसिर, महेन्द्रनगर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला पर्नुभएको छ । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको छ ।

फाइल तस्वीर

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्कनुभएका उहाँलाई साढे १० बजे मृत भेटिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : November 20, 2020 at 12:58 pm