१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नेकपा नेता केशव बडाल दम्पत्तिलाई कोरोना संक्रमण

५ मंसिर, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री केशव बडाल दम्पत्तिलाई कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ । नेकपाका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष बडाललाई शुक्रबार बिहान आएको पिसिआर परीक्षण रिपोर्टमा पोजेटिभ देखिएको हो ।


पत्नी शान्ति बडालको मंगलवार पोजेटिभ रिपोर्ट आएपछि नेता बडालको हिजो पिसिआर परीक्षणका लागि स्वाव दिइएका थिए । आज बिहान रिपोर्ट पोजेटिभ आएको नेता बडालले  जानकारी दिए । काेराेना संक्रमणपछि शान्ति बडालको गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ भने केशव बडाल घरमै आइसोलेशनमा रहेका छन् ।

प्रकाशित मिति : November 20, 2020 at 10:29 am