११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

जन्ती बोकेको जीप दुर्घटना, १४ जनाको मृत्यु

५ मंसिर, काठमाडाैँ । भारतको उत्तर प्रदेश प्रतापगढ जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना बालबालिकाहरू रहेका छन्। मृत्यु हुने बालबालिकाहरू ७ देखि १५ वर्षका रहेका छन् भने अन्यको उमेर २० देखि ६० वर्ष रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रोकिराखेकाे ट्रकमा जीप ठोक्किँदा दुर्घटना भइ उनीहरुको मृत्यु भएको उत्तर प्रदेश प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकहरूकाे  शव ढोका काटेर निकालिएको छ।

दुर्घटनाप्रति मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै सरकारी अधिकारीहरुलाई घटनास्थलमा पुग्न र पीडित परिवारलाई सहयोग गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति : November 20, 2020 at 9:04 am