१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

‘सिड स्टार्स वर्ल्ड ’ मा नेपालबाट दियालो टेक्नोलोजि विजयी

३ मंसिर, काठमाडाैँ । नेपालमा खानेपानी समितिहरूलाई डिजिटवलाईज गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजिज प्रा.लि. ‘सिड स्टार्स वर्ल्ड प्रतिश्पर्धा २०२०-२०२१’ का लागि नेपालबाट विजयी बनेको छ । नेपाल लगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागिता रहने यस प्रैतिश्पर्धामा यो वर्ष नेपालबाट दियालो टेक्नोलोजिज छानिएको हो । मंगलबार ‘सिड स्टार्स’ले भर्चुअल माध्यमबाट एशिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो ।

यो अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई अब अटोमेशनमा लैजान थप कामहरू गर्ने अवशर प्राप्त गर्नेछ । अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भन्नुभयो ‘यो वर्षको सिडस्टार्समा नेपालबाट हामी विजेता बन्न पाउँदा धेरै हर्षित छौँ । हामीले विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटलाइज गर्दै आएका छौँ । अब हामीले यी क्षेत्रलाई पुर्ण अटोमेशनमा लैजाने गरी काम गर्ने छौँ र उपभोक्तालाई थप सहजता दिलाउनेछौँ ’।

प्रकाशित मिति : November 18, 2020 at 2:49 pm