२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

३८ क्वीन्टल सुन तस्करी प्रकरणः आरके ज्वेलर्सबाट बरामद २० करोडको सुन राष्ट्र बैंकलार्इ बुझाइयो


३० जेठ, काठमाडाैँ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा अरके ज्वेलसर्बाट छापामारेर  नियन्त्रणमा लिइएकाे सुन राष्ट्र बैंकमा बुझाइएको छ । बुधबार सुन तस्करी छानबिन बिशेष समितिले आरके ज्वेलर्सबाट बरामद सुन, नगद तथा अन्य गहनाहरु राष्ट्र बैंकमा बुझाएको हाे ।

२० करोड रुपैयाँ बराबरको धनमाल बुधबार राष्ट्रबैकमा बुझाइएको बुझिएको छ । सोमबार समितिले राजेन्द्रकुमार शाक्यद्वारा सञ्चालित तीन वटा सुन पसलमा छापामारेर सबै सुन, गहना र नगद जफत गरेको हो। तीनै वटा पसलमा शिलबन्दी समेत गरिएको छ। संगठित अपराधको अनुसन्धानका लागि शाक्यको सम्पती जफत गरिएको समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

–बाजेको सेकुवामा सुन तस्करीको लगानी रहेको खुलासा, १० मध्ये ६ वटा शाखामा शिलबन्दी

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १५:५२