१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल चन्द्र झाको कोरोना संक्रमणबाट मृत्यु

१ मंसिर, काठमाडाैँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल चन्द्र झाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा खेमबहादुर कार्कीले झाको मृत्यु भएको पुष्टि गरेका छन । दुई सातादेखि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको भेन्टिलेटरमा रहेका उनको आज बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

कार्तिकको दोस्रो सातादेखि कोरोना संक्रमण पुष्टि भएका झामा कडा लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । झाको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनमा प्लाज्मा थेरापी र रेम्डेसिभिर पनि चलाइएको थियो । तर कुनै पनि प्रयासले झालाइ बचाउन सम्भव भएन । मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : November 16, 2020 at 6:44 pm