भाइटीकाको दिनमा थपिए ११९७ कोरोना संक्रमित, २९३४ कोरोना मुक्त भएर घर फर्किए
१ मंसिर, काठमाडाैँ । पछिल्लो २४ घण्टा अर्थात भाइटीकाको दिनमा थप ११९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा ११९७ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको स्थितिसूचक प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा मात्र २९४३ जना कोरोनामुक्त भएका हुन् । हाल देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित छन् ।
प्रकाशित मिति : November 16, 2020 at 6:23 pm



