मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
१ मंसिर, काठमाडाैँ । मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साेमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

अहिले पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बादल लागेर केही ठाउँमा पानी परिरहेको मौसमविद् सजिना शाक्यले बताएकी छिन । उच्च पहाडी तथा हिमाली भेगको केही ठाउँमा सामान्य हिमपातसमेत भइरहेको उनको भनाइ छ ।
प्रकाशित मिति : November 16, 2020 at 8:32 am



