देशभरका सरकारी अस्पतालमा तीन हजार ५ सय सुविधा सम्पन्न शय्या थपिदैँ
२८ कात्तिक, काठमाडाैँ । देशभरका सरकारी अस्पतालमा तीन हजार ५ सय सुबिधा सम्पन्न शय्या थप्न लागिएको बताउनुभएको छ । बिहीबार विराटनगरमा कोशी अस्पताल र प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को स्थलगत निरीक्षणपछि मन्त्री ढकालले सरकारले सुविधा सम्पन्न तीन हजार ५ सय शय्या थप्न लागेको जानकारी दिनुभयो ।

मन्त्री ढकालले थपिने तीन हजार ५ सय सुबिधा सम्पन्न शय्या मध्ये दुुई हजार काठमाडौँ उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताउनुभयो । उहाँले यसरी थपिएका शैयाले अस्पतालहरूको सेवा थप प्रभावकारी हुने बताउनुभयो । कोभिड रोकथाम र नियन्त्रणको कामसँगै स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै कामहरू भैरहेको भन्दै उहाँले सबै स्थानीय तहमा सरकारले अस्पताल निर्माणको काम थालेको बताउनुभयो ।

उहाँले अहिलेसम्म एउटा पनि अस्पताल नभएका ६४९ स्थानीय तहमा अाफूले न्यूनतम पाँच शैयाको अस्थायी अस्पताल निर्माणका लागि ती स्थानीय तहमा बजेट पठाइसकेको जानकारी दिनुभयो । मन्त्री ढकालले कोरोनाविरूद्धको खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिनुभयाे ।

प्रकाशित मिति : November 13, 2020 at 9:06 am



