१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

पछिल्लो २४ घण्टामा थपिए १९१३ कोरोना संक्रमित, १५ जनाको मृत्यु

२७ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक स्थितिसूचक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा १९१३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२  पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ३४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६४ हजार ५९२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११८९ पुगेको छ ।

प्रकाशित मिति : November 12, 2020 at 4:43 pm