पूर्व मन्त्री गौतमको निधनप्रति मन्त्री अर्यालद्वारा शोक ब्यक्त
२७ कात्तिक, काठमाडौँ। नेपाल सरकारका तत्कालिन भूमिसुधार तथा व्यवस्था मन्त्री तथा संविधानसभा सदस्य भीमप्रसाद गौतमको निधनप्रति भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शोक व्यक्त गर्नुभएको छ । मन्त्री अर्यालले आज (बिहिवार) श्रद्धाञ्जली बक्तव्य जारी गर्दै शोक ब्यक्त गर्नुभएको हो । पूर्व मन्त्री गौतमको बिहीवार विहान चितवनमा निधन भएको हो । पहिलो संविधानसभाको कार्यकालमा उनी तत्कालीन माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेका थिए ।

‘मिति २०७७।०७।२७ मा भएको दुखद निधनबाट हामी सबै दुखित भएका छौं । मन्त्रालयमा रहँदा उहाँले गरेको सेवाको संस्मरण गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं’, मन्त्री अर्यालद्वारा जारी शोक बक्तव्यमा उल्लेख गरिएको छ, ‘साथै यस दुखद घडीमा शो–सन्तप्तं परिवारजनमा धैर्य–धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछौ ।’
प्रकाशित मिति : November 12, 2020 at 4:38 pm



