राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि
२६ कात्तिक, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनयता अस्वस्थ रहेका केसीकाे बुधबार पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो ।

राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार केसीको अवस्था सामान्य रहेको छ ।
प्रकाशित मिति : November 11, 2020 at 5:46 pm



